‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, वैशाख ७ सम्म मात्रै मञ्चन हुने

काठमाडौँ । मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वलाई केन्द्रमा राखेर चैत २१ गतेदेखि सुरु भएको यो नाटक यही वैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने मण्डला थिएटरेले जनाएको छ ।

आयोजकहरूका अनुसार उक्त नाटकको अधिकांश शो ‘हाउसफूल’ भइरहेको छ । मञ्चन अवधि छोटिन थालेपछि नाटक हेर्नेको भीड नै लाग्ने गरेको हो । यो नाटक सोमबारबाहेक हरेक दिन ५ः१५ बजे हेर्न सकिने छ भने शनिवार दिउँसो १ः१५ बजे अतिरिक्त शो पनि हुने गरेको छ ।

भारतीय लेखक डा। शङ्कर शेषको चर्चित नाटक ‘एक और द्रोणाचार्य’ मा आधारित र प्रेरित यो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपाली भाषामा अनुवाद गरी लेकेका हुन् । समाजमा देखिएको नेतृत्वको नैतिक संकट र अधिकारको कुण्ठनलाई नाटकले गहिरो व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ ।

महाभारतको पृष्ठभूमिमा आधारित यो नाटकमा गुरु द्रोणाचार्यको जीवन, उनको निर्णय र शक्ति–कर्तव्य–नैतिकताको झमेलालाई आधुनिक सन्दर्भसँग गाँसेर देखाइएको छ । विशेष गरी जब द्रोणाचार्य धर्म पाण्डव पक्षमा देख्दादेखै पनि दायित्वका नाममा कौरव पक्ष रोज्छन्, त्यहीँबाट नाटकको कथावस्तु गहिरिँदै जान्छ ।

उमेश तामाङले निर्देशन गरेको उक्त नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, सनम श्रेष्ठ, अर्जुन दुलाल, आभास भट्टराई, भुवन लोहार, रोशन अधिकारी, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, दिपेस गजुरेल, प्रेम सिल्वाल, स्वर्णिम चाम्लिङलगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =