दर्शकलाई ‘वसन्त’ को सर्प्राइज : राजेश-करिष्मादेखि प्रिंयका, केकी र नाजिरसम्म

काठमाडौँ । गत चैत्र २२ गते शुक्रवारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित सिनेमा ‘वसन्त’ले सुखद व्यापार गरिरहेको छ ।

दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ । सिनेमाले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन् ।

यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सर्प्राइज पनि दिएका छन् । जसमा महानायक राजेश हमाल लगायतका केही नाम चलेका कलाकारलाई दर्शकले हेर्न पाउँछन् ।

महानायक हमाललाई धेरैपछि सिनेमाको पर्दामा देख्दा दर्शकहरू सर्प्राइज हुन्छन् । महानायक हमालसहित अभिनेताहरू दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई सिनेमाको पर्दामा देख्न सकिन्छ ।

उनीहरूसँगै सिनेमामा लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्ति श्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ ।

‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन् । सिनेमा रिलिज पश्चात् यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।

कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् ।

प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए यसले सिनेमाको व्यापारमा समेत प्रभाव पार्ने धारण दर्शकको छ ।

सिनेमा ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन ९खबपु०, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =