राजावादीको प्रदर्शनमा एक जनाको मृत्यु

२०८१ चैत १५ गते

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागि थिए । प्रदर्शनस्थलमा तनावको स्थिती भएसंगै प्रहरीले हवाई फायर गरेको थियो ।

२०८१ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित