आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा यही चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।

शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते निर्वाचन गर्ने निर्णय भएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रमुख पद्म कुमार अधिकारीका अनुसार मतदान मात्रै रोकिएकाले अन्य तयारी पूरा भइसकेको छ । चैत ५ गते हुनुपर्ने निर्वाचन अन्तिम समयमा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो । यस क्याम्पसमा ५ हजार १ सय ४६ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =