चैत २ गतेसम्म एनओसी बन्द
२०८१ फागुन २९ गते

फाइल तस्बिर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ ।
अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।
भौतिकरूपमा पनि एनओसी बन्द हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

२०८१ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








