देउवा लक्षित गगनको टिप्पणी – जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले राख्न हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने बताएका छन् ।

सभापति शेर बहादुर देउवालाई लक्षित गर्दै मंगलबार प्रतिनिधि सभाकोको बैठकमा थापाले यस्तो बताएका हुन् । थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताए ।

उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे । उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे ।

कांग्रेस सभापति देउवाले केही दिनअघि धनगढीमा आयोजित कार्यक्रममा राजावादीले काठमाडौंमा गरेको प्रदर्शनलाई केही नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =