विवाहको उमेर घटाउने/नघटाउने भन्नेबारे आयोगले अध्ययन गर्छ : अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताए । तर आयोगले सात वटै प्रदेशमा अध्ययन गरेर सरकारलाई यसबारेमा सुझाव दिने प्रतिबद्धता अध्यक्ष मगरले जनाए ।

सरकारले विवाह गर्न पाउने उमेर २० वर्ष राखेको छ । महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय स्थानमा अझै बालविवाह बढ्दो छ । उनले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने ‘हाम्रो समाजमा अहिले जेण्डरबेस भायोलेन्सहरु देखिएको छ । बलात्कारका घटना भइरहेका छन् । यस्ता कुराहरू नियन्त्रण हुनुपर्यो । राज्यले यसमा ध्यान दिनुपर्यो । कसरी हुन्छ कन्ट्रोल गरेर अघि बढ्नुपर्ने अवस्था छ । आयोग यसमा लागिरहेको छ । सरकारलाई आग्रह गर्नेकुरा हामीले गरिरहेका छौँ । हामीले अनुगमन टोलीले अध्ययन गरेर सुझाव दिएका छौँ । समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ । विवाहको उमेर घटाउन सुझाव संकलन गरेर आएको छ । उमेर घटाउन नहुने भन्ने कुरा आएको छ । सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ ।’

उनले मातृ सुरक्षा र प्रजननसम्बन्धी कानुनबमोजिमको व्यवस्था लागू भएको वा नभएको अनुगमन गरेको र ५ मन्त्रालयमा अनुगमन गर्दा एउटा मन्त्रालयमा पूर्ण रुपमा भएको र अरु मन्त्रालयमा उक्त व्यवस्था नभएको पाइएको बताए । महिलाको हक अधिकार संरक्षण गर्न सबै एक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =