अरुले पूर्वराजा भन्छन्, म राजा नै भन्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अरुले ज्ञानेन्द्र शाहलाई पूर्वराजा भनेपनि आफुले राजा नै भन्ने बताएका छन् । झापामा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभई फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए ।

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने बताए । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने ‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुसी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

प्रतिक्रिया

One thought on “अरुले पूर्वराजा भन्छन्, म राजा नै भन्छु : शेखर कोइराला

  1. नेपालमा राजा रानी नभई यो किरा लागेका फट्याङ्ग्रा अलङ्कार नेताहरुले देश डुबाउने लागि सक्यो देश को रिन खरबौं खर्ब छ यस्तै तालले यि नेताहरुको भरोसा छैन, र राजा ल्याएर यि नेताहरु लाई बिदा दिनु यतिकैमा भलाई हुन्छ। नत्र देश नेताहरु लाई दिनु भनेको हामी सबै मर्नु हो तर देश अव राजाको हातमा सुम्पेर बल्ल काँचुली फेरेको अनुभव हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =