पाकिस्तानमा आतंकवादी हमलामा १८ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूले आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् । अन्य ३२ जना घाइते भएका छन् ।

प्रान्तको बन्नु जिल्लामा सुरक्षा बलको समयमै प्रतिक्रियाका कारण आत्मघाती बमवर्षकहरू सहित आतंककारीहरूको समूहले क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो तर असफल भएको केपी सरकारका प्रवक्ता मोहम्मद अली सैफले बताए ।

कि शक्तिशाली विस्फोट पछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको छ छ । जसमा १२ जना सर्वसाधारणको मृत्यु भयो भने ३२ जना घाइते भएका छन् ।

घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोलीको ठूलो टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पतालमा पु¥याएको छ । धेरैको अवस्था गम्भीर रहेको छ ।

अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ । सामाजिक सञ्जालमा एक सन्देशमा तहरीक–ए–तालिबान पाकिस्तानको हाफिज गुलबहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आतंकवादी हमलाको कडा निन्दा गर्दै रमजानको पवित्र महिनामा यसलाई एक जघन्य कार्यको रूपमा वर्णन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =