थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
२०८१ फागुन २१ गते

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए । पाइप मर्मतसँग मेलम्चीको पानी सुचारु गरिएको छ ।
२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








