ढकमक्क फुल्यो ‘चेरी’ (तस्बिरहरू)

२०८१ फागुन २१ गते

काठमाडौँ । ढकमक्क फुलेको चेरी फुलहरूले यतिखेर उपत्यकालाई नै सुन्दर बनाइ रहेको छ । वसन्त ऋतुको आगमनसँगै बर्सेनि यी फुलहरू ढकमक्क फुल्ने गर्दछन् ।
भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउमा चेरी फूल ढकमक्कै फूलेका देख्न सकिन्छ ।
जापानी भाषामा यसलाई ‘साकुरा’ भनिन्छ भने अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ भनिन्छ । यस फूललाई नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । यो एक प्रकारको रुख हो ।
यस रुखमा फुल्ने फूलले जो-कोहीलाई मोहित बनाइदिन्छ । रसिलो यो फूलमा माहुरीको पनि उत्तिकै प्रेम देखिन्छ ।
यतिबेला यी फूलसँग सेल्फि र फोटो लिने युवायुवती उत्तिकै झुम्मिएका देखिन्छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित