केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्रलाई

काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधि जितेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।

केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि हात पारेको छ । प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 9 =