सुकेधारामा तेस्रो लिङ्गीको हत्या गर्ने एक जना पक्राउ

काठमाडौं । काठमाडौँको सुकेधारामा तेस्रो लिङ्गीको हत्या गर्ने एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा दोलखाको मोलुङ ६ का विराट ठकुरी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार ठकुरीलाई शुक्रबार दिउँसो भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले सुकेधारामा एक जना तेस्रो लिंगीलाई सोमबार राति ११ बजेतिर हत्या गरेको सिसिटिभी फुटेजबाट पुष्टि भएको छ । तर उनको शव बिहीबार मात्रै फेला परेको थियो ।

पक्राउ परेका ठकुरीले लागु औषधको विषयमा विवाद हुँदा हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।

तर यस विषयमा थप अनुसन्धान गर्ने र पुष्टि गर्ने काम भइरहेको परिसर स्रोतले जानकारी दिएको छ ।

धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र शव फेला परेको थियो । शवलाई फोहोरको थुप्रोले छोपिएको थियो ।

मृतक ओखलढुंगा घर भई काठमाडौँ बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको खुलेको छ । मृतकको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको चोट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =