मिलेर बसेको समाजलाई जोगाइराख्नु आजको आवश्यकता : यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताएका छन् ।

बिहीबार सुर्खेतमा नेपाल मगर सङ्घको ४३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै मिलेर बसेको समाज भएकाले यसलाई आगामी दिनमा जोगाइराख्नु आजको आवश्यकता रहेको बताएका हुन् ।

विविधता भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक एकताका निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई समृद्धितिर लैजानु हामी सबैको कर्तव्य भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *