नेवि संघका दुई पक्षबीच विवाद हुँदा जिल्ला सभापति कुटिए

विराटनगर । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ। महेन्द्र मोरङ क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको टिकट भागबन्डा विवादमा संस्थापन पक्ष र शेखर कोइराला पक्षका विद्यार्थीबीच बिहीबार झडप भएको हो ।

झडपका क्रममा नेविसंघका शेखर निकट मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन्। पोखरेलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =