८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा सांसद कोइरालाको जोड

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

मंगलवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताए ।

उनले पार्टीलाई अफ्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै निर्वाचन गराउनु उचित हुने बताउनु भयो । ०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने बताए ।

उनले भने, ‘अधिवेशनको बारेमा शेरबहादुरजीलाई सोधेँ । शेरबहादुरजीलाई सोध्नु भन्दा पहिलाको अन्तरवार्तामा मैले के भने भन्दा चुनाव भन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो । तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौं । चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तको बाटो हुन्छ । गाह्रो हुँदैन । त्यसैले दुई वर्ष पहिला गर्नुपर्छ । ०८२ सालमा गर्नुपर्छ । गराउन सकिएन भने चुनाव पछि नै गर्नुपर्छ ।’

सांसद कोइरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =