विकासको गति तिब्र पारेका छौँ : प्रधानमन्त्री ओली
२०८१ फागुन १३ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही भएको छैन भन्नेकुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताए ।
उनले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताए ।
उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको बताए ।
देशमा सुशासन र विकासको गति तिब्र बनाउन सरकारले काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको बताए ।
२०८१ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








