उदित नारायणविरुद्ध जेठी श्रीमतीले हालिन् मुद्दा

काठमाडौं । चर्चित गायक उदित नारायण झाविरुद्ध उनकी जेठी श्रीमती रञ्जना झाले मुद्दा दायर गरेकी छन् ।

उनले भरण पोषणको मुद्दा दायर गरेकी हुन् । रञ्जनाले उदित नारायणले आफ्नो अधिकार खोसेको र सम्पत्ति हडपेको आरोप लगाएकी छन् ।

केही दिन अगाडी सार्वजनिक मञ्चमा महिला प्रशंसकलाई चुम्बन गरेपछि गायक झा विवादमा परेका थिए । उक्त विवाद समाधान नहुँदै उनलाई अर्को कानुनी झमेला आइपरेको हो ।

एनबीटीको एक रिपोर्टअनुसार, उदित नारायणले रञ्जना झामाथि बारम्बार पैसा लिने आरोप लगाएका छन् । यसअघि पनि रञ्जनाले बिहार महिला आयोगमा उजुरी दिएकी थिइन् ।

उदित नारायणले आफ्नो जेठी श्रीमतीलाई खेती गर्नका लागि एक खेत र एक घर दिएको बताएका छन् । जसको मूल्य करिब १ करोड रूपैयाँ रहेको बताइन्छ ।

उदितले आफ्नी श्रीमतीलाई २५ लाख रूपैयाँका गहना र जग्गा दिएका थिए । तर, रञ्जनाले ती दुवै बेचेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =