‘अब पार्टी भित्र अन्याय हुन दिन्न’- शेखर कोइराला
२०८१ फागुन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेसको राप्ति सोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन ।
नेता डा.कोइरालाले थपे ‘ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’
सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए ।
व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहामा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।
निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा। कोइराला शनिवार नेपालगन्जमा पुगेका थिए ।
२०८१ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








