सरकारको सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्यो : माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।

उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गरे । उनले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रूपमा लिएको समेत बताए ।

उनले भने ‘यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतको रूपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रूपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । ’

उनले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भीरताका साथ लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =