खच्चडलाई इट्टा बोकाउने काममा व्यस्त मजदुरहरू (तस्बिरहरू)
२०८१ फागुन ८ गते

काठमाडौँ । अहिले काँचो इट्टा बनाउने सिजन चलिरहेको छ । भक्तपुरको यापि भैरव चिम्नी इट्टा उद्योगमा मजदुरहरू खच्चडलाई काँचो इट्टा बोकाउने काममा व्यस्त छन् ।
मजदुरहरूले बनाएर इट्टालाई खच्चडले बोकेर चिम्नी (इट्टा पोल्ने ठाउँ) सम्म पुर्याइदिन्छ । त्यस बापत उनीहरूले पैसा पाउँछन् । नेपालगन्जदेखि आएका मजदुर रज्जत कजगरका अनुसार एकपटकमा खच्चडले ३५० ओटा इट्टासम्म बोक्छ ।
उनले खच्चडले १ हजार इट्टा बोक्दा आफूहरूले ४५० रुपैयाँ पाउने बताए । अहिले यापि भैरव चिम्नी इट्टा उद्योगमा नेपालगन्जदेखि खच्चडसहित आएका ३ ग्रुप मजदुरहरू छन् भने रज्जत कजगरका समूहमा ६ जना मजदुरहरू छन् । उनका ४ घोडा, दुई खच्चड छन् ।
हेर्नुहोस् तस्बिरहरू :



२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








