क्लासिक टेक ह्याकाथन प्रतियोगिता-२०२५ हुँदै, १ लाखसम्मको नगद पुरस्कार जित्न अवसर !

२०८१ फागुन २ गते

काठमाडाैं । क्लासिक टेक नेपाल र टेक्नोफेस्टको सहकार्यमा ‘ह्याकाथन प्रतियोगिता २०२५’ आयोजना हुने भएको छ । यो प्रतियोगिता फाल्गुन ३ र ४ गते काठमाडौँ इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्राङ्गणमा हुने भएकाे हाे ।
नेपालका युवापुस्तालाई प्रविधिमा प्रगति गर्न प्रेरित गर्न र नवीन समाधानहरूको विकासमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगि गर्न लागिएको हो । प्रतियोगितामा सहभागीले कोडिङ, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, साइबर सुरक्षा जस्ता विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो दक्षता देखाउने अवसर पाउने छन् । साथै, विजेताले १ लाख रुपैंयाँ सम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् ।
नेपालमा डिजिटल रुपान्तरण र प्रविधिगत प्रगति तर्फको प्रतिबद्धतालाई बलियो बनाउँदै प्रतियोगिता आयोजना गरिएको हो । थप जानकारीको लागि www.classic.com.np मा जानुहोस् ।

२०८१ फागुन २ गते
प्रतिक्रिया