फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध

२०८१ फागुन १ गते

पाल्पा । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।
पूर्ण अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ ।
हिँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा नौ जनालाई ह्विलचियर वितरण गरिएको वडा अध्यक्ष दोवराज तिवारीले जानकारी दिए ।
एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गीता लम्साल पौडेलले बताइन् । उनका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त ६१ हजार सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ ।

२०८१ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित