सामाजिक सञ्जाल ऐनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सामाजिक सञ्जाल ऐनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

बुधवार माइतीघर मण्डलामा सामाजिक सञ्जाल ऐनमा रहेका केही विवादास्पद विषयलाई लिएर उक्त प्रदर्शन गरिएको हो ।

सरकारले सामाजिक सञ्जाल ऐनलाई अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारलाई खोक्रो पार्ने गरी तयार पारिएको उनीहरूले आरोप लगाएका छन् ।

उनीहरूले सोसल मिडिया प्रयोगकर्ताहरूलाई आफ्नो वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको को परिभाषा अस्पष्ट हुँदा कलात्मक अभिव्यक्ति र सृजनशीलतामा असर पार्न सक्ने, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिहरूमा निगरानी गर्ने अधिकार दिइएको, उल्लङ्घन गर्दा भोग्नु पर्ने दण्डहरू अनुपातहीन भएको र कारबाही गर्ने अधिकार अदालत बाहिर हुँदा मनपरि हुन सक्ने, छदमा नामको प्रयोग गर्न नपाउने जस्ता सामान्य विषयमा रोक लगाएको, प्रविधिमा नयाँ निवेशहरूलाई हतोत्साहित गर्न सक्ने जस्ता प्रावधानहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको बताएका छन् ।

यसैले, यस ऐनलाई संसदमा पारित हुन अघि नै यसका विवादास्पद प्रावधानहरू माथि खुला छलफल गरी आवश्यक संशोधन गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =