कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने होइन : शेखर कोइराला

२०८१ माघ २८ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए । उनले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने बताए ।
उनले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताए । नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताए ।
उनले गलतलाई गलत भन्ने आँट नभए नेपाली कांग्रेसको औचित्य सकिने बताए ।

२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित