सहकारी ठगी प्रकरण
छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
२०८१ माघ २८ गते

बुटवल । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सुप्रिम सहकारी संस्थाको रकम अपचलन मुद्दामा सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।
यसअघि रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटीमा रिहा गरेको थियो ।
२०८१ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








