एआइजी रवीन्द्र केसीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।

केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको पदावधि चैत ५ गतेसम्म बाँकी भएपनि उनले त्यअघि नै राजीनामा दिएका हुन् । राजीनामाको कारण खुल्न सकेको छैन ।

प्रदेश समन्वय विभागमा कार्यरत उनी गत पुस २६ गते मात्रै प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =