कुवेर कडायत र रवीन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा
२०८१ पुस २९ गते

काठमाडौं । सरकारले कुवेर कडायत र रवीन्द्र के.सी. प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षकहरू कडायत र के.सी.लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको हो ।
कडायतको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र केसीको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
२०८१ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








