काउलीबारीमा व्यस्त बन्दै भक्तपुरका किसानहरू (तस्बिरहरू)

काठमाडौँ । यतिबेला भक्तपुरका अधिकांश किसानहरूको खेतबारीमा काउली फुली रहेको देख्न सकिन्छ । भक्तपुरमा वर्षेनी धेरै काउलीहरू उत्पादन हुने गरेको छ ।
यतिबेला भक्तपुर स्थित दुवाकोटका किसानहरू पनि काउलीबारीमा व्यस्त देखिन्छन् ।
उनीहरू बारीबाट काउली टिपेर बजारमा पठाउनका लागि व्यस्त बनेका हुन् ।
किसान वीरबहादुर तामाङले आफ्नो बारीमा सामान्यतया ३ किलो तौल भएको काउली रहेको बताए । उनले कुनै ४ त कुनै ८-९ किलो सम्मको काउली उत्पादन हुने बताए ।
आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कका अनुसार स्थानीय काउलीको बजार मूल्य न्यूनतम १० रुपियाँ रहेको छ । अधिकतम १५ र औसत मूल्य १२.३३ रुपैयाँ रहेको छ ।
तराईको काउलीको भाउ उस्तै छ ।
तर स्थानीय काउली ज्यापु को न्यूनतम मूल्य रु १५, अधिकतम रु १८ र औसत मूल्य रु १६.६७ रहेको समितिले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू :