गोदावरीमा २४ वर्षीया मिरा र दुई वर्षीया छोरी मृत भेटिए

२०८१ माघ २५ गते

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-११ गोठानमा एक आमा र उनकी सानी छोरी मृत अवस्थामा फेला परेका छन् । बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी घरमै झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए ।
परिवारका सदस्य नरेश बिकले उनीहरूलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका बेला मृतक मिराका श्रीमान भारतमा रोजगारको सिलसिलामा रहेका थिए भने उनकी सासु पनि घरमा नभएको प्रहरीले जनाएको छ ।
हाल दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

२०८१ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित