मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको हो : सांसद पन्त

२०८१ माघ २४ गते

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा उनले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताए ।
‘मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ’, सांसद पन्तले भने, ‘अध्यादेश देश र जनताको हितमा छ ।’ विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।
सांसद पन्तले भने, ‘सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।’ उनले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताए ।

२०८१ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित