कांग्रेस संसदीय दलको बैठक सुरु (तस्बिरहरु)
२०८१ माघ २४ गते

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।
बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।
आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

२०८१ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








