युट्युबर मोनुले राखे ‘ड्रामा क्विन’ राखीलाई विवाहको प्रस्ताव !


काठमाडौँ । भारतीय डान्सर र युट्युबर मोनु बिकोमिया देवरीले बलिउडकी ‘ड्रामा क्विन’ राखी सावन्तलाई विवाहको प्रस्ताव राखेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल इस्टाग्राममा एक रिल सार्वजनिक गर्दै राखिलाई प्रपोज गरेका छन् ।
अहिले बलिउडमा राखी सावन्तको विवाहलाई लिएर फेरि एकपटक चर्चा चल्न थालेको छ ।
केही समय अगाडि मात्र पाकिस्तानी अभिनेता दोदी खानले राखी सावन्तलाई विवाहका लागि प्रपोज गरेका देखिन्थे । जहाँ उनले आफ्नो सोसल मिडियामा भिडिओ अपलोड गर्दै राखिलाई विवाहका लागि प्रपोज गरेका थिए ।
उता राखी पनि निकै खुसी देखिन्थिन् । तर उनको यो खुसी लामो समय टिक्न भने सकेन ।
किनकि पाकिस्तानी अभिनेताले गत आइतबार फेरी अर्को भिडिओ अपलोड गर्दै आफ्नो भनाइबाट पछि हट्न चाहेको बताएका थिए । उनले राखीसंग विवाह गर्न नसक्ने बताउँदै सधैँ राखीको राम्रो साथी बनेर बस्ने भनेका थिए ।
यसअघि पनि राखीको दुई पटक डिभोर्स भइसकेको छ ।
उता चाङ्गलाङ, अरुणाचल प्रदेशका युट्युबर मोनुले भने पुनः राखिलाई विवाहको प्रस्ताव राखेका हुन् ।
उनले इन्स्टा भिडिओमा भनेका छन् ‘राखी सावन्त जी, तपाई यो जालिम दुनियाँबाट कति घोका खानुहुन्छ, तपाई पाकिस्तान जानु पर्दैन । म संग विवाह गर्नुहोस् । म तयार छु, म सिङ्गल छु,’
उनले राखीलाई आफ्नो नयाँ घरमा निमन्त्रणा दिँदै भनेका छन् ‘म तपाईँलाई विवाहको लागि प्रपोज गर्छु । स्विकार्नुस् । मेरो उमेर कम भए त के भो ? मायामा उमेर हुदैँन् ।’
मोनुले सन् २०२३ मा अमेजन मिनीटिभी च्यानलबाट प्रसारण हुने डिजिटल सो ‘प्लेग्राउण्ड २’ मा पनि सहभागिता जनाएका थिए ।
उसो त मोनु कमेडी भिडिओमार्फत अडियन्सलाई मनोरञ्जन गराइरहन्छन् । यस्तोमा उनको यो प्रस्ताव वास्तविक हुन् कि सोसल मिडिया कन्टेन्ट भन्नेमा अडियन्सहरू अन्योलमा छन् ।
