नक्कली भुटानी शरणार्थी प्रकरण
बेचन झाको मुद्धामा मिसिल झिकाउने सर्वोच्चको आदेश

२०८१ माघ २२ गते

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्धामा मिसिल झिकाउने आदेश गरेको छ ।
मंगलबार झाको मुद्धामा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको हो ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

२०८१ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित