सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ : उड्डयनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।

सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए । उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरू रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्ने बताए । उनले निजगढ विमानस्थल नबनी फास्टट्रयाको पूर्णता नहुने उल्लेख गरे ।

महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरूसँग रहेको भएपनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्य पहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए ।

उनले भने ‘हामीले धेरै कुरा भन्दा रहेछौँ, गर्न नसक्दा रहेछौँ । हामी महत्वकांक्षाको चाङ काँधमा राख्दा रहेछौँ । तर समाधानको बाटो, प्रतिफलको अन्तिम स्वरूप दिन सक्दा रहेनछौँ । मध्य पहाडी राजमार्गमा कुनैबेला १० वटा स्मार्ट सिटीको परिकल्पना गरियो । अहिले ५४ वटा पुगेछन् । विभिन्न राजमार्गमा । अहिले ५४ वटा स्मार्ट सिटी सम्पन्न गर्न त निकै कठिन छ नै । १० वटा सम्पन्न गर्न पनि गाह्रो भइसक्यो । निजगढ एयरपोर्ट निकै ठूलो महत्वको एयरपोर्ट हो । निजगढ एयरपोर्ट साँच्चै नै मास्टरप्लानअनुसार बन्ने हो भने दुनियाँमा देखाउन मिल्ने खालको एयरपोर्ट बन्छ । नेपालका लागि मात्र होइन । त्यसमा विभिन्न बाधाहरू छन् । सरकारले त्यसलाई उच्च महत्त्व दिइरहनुपर्छ र दिइरहेको छ । किनभने यो फास्ट ट्रयाक बनेकै त्यो पूरा गर्नका लागि हो । ५/६ खर्ब बजेटमै फास्ट ट्रयाक कम्प्लिट हुँदैछ । फास्ट ट्रयाक बनाएकै १ घण्टाभित्र काठमाडौं आउनसक्ने भन्नका लागि हो । सरकारले यसलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्छ । वन क्षेत्रका कारणले बाधा छ की, अदालतका कारणले बाधा छ । कतिपय ठाउँमा अख्तियारका चिठीका कारणले बाधा छ की ? यो अवस्थालाई चिर्नुपर्छ । ’

मन्त्री पाण्डेले विकास र पुरातत्त्व, वन क्षेत्र जोगाउने कुराको सन्तुलन मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =