मेरो जिन्दगी बिग्रनुको जिम्मेवार म आफै हो : एलिना चौहान (भिडिओ)

काठमाडौँ । गायिका एलिना चौहानले अनुभवहरूबाट सिकेर नयाँ सुरुवात गर्न चाहने बताएकी छन् ।

शनिवार सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले यस्तो बताएकी हुन् ।

उक्त भिडिओमा उनले कसैले पनि डिर्भोस हुन्छ भनेर विवाह नगर्ने बताएकी छन् । झनै हिन्दु संस्कार अनुसार ७ जुनीसम्मको लागि भनेर विवाह गरिने भन्दै उनले कुनैपनि बुबा आमाले मुटु फुटाएर कन्यादान गरेर पठाएको छोरीको डिभोर्स होस भन्ने नचाहने बताइन् ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर विवाह गरेको ९ महिना नबित्दै उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

उनले एकदमै सोचेर दुई जना र दुई परिवार बिच नै कुरा भएर सम्बन्धविच्छेदको निर्णय लिएको बताएकी छन् ।

उनले भनिन् ‘अब अदालतको भित्री कुरा कसरी बाहिर निस्कन्छ मलाई थाहा छैन । कुनै कुरा इच्छा नभए पनि गर्नुपर्दो रहेछ । मनमुटाब हुँदा हुँदै पछि झन् ठुलो दुर्घटना भयो भने झन् नराम्रो हुनसक्छ । अहिले त केही बिग्रेको छैन । बिहे गर्नु चैँ हतारको डिसिजन थियो ।’

उनले आफूले हतारमा विवाह गर्ने निर्णय लिएको बताएकी छन् । उनले प्रेम सम्बन्ध हुँदा पनि उनीहरूबिच धेरै खटपट भएको बताइन् ।

उनले भनिन् ‘चुप लाग्छु एक न एकदिन त सबै ठिक भइहाल्छ नि भन्ने सोच । उहाँले पनि यतिको केटीसँग चैँ मेरो जिन्दगी चल्छ भनेर म संग विवाह गर्नुभयो तर समय बित्दै जाँदा मैले सहन सकिन् ।’

उनले आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पिडा हुने भन्दै विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छन् ।

उनले आफ्नो जिन्दगी बिग्रनुको जिम्मेवार म हो भन्दै अनुभवहरूबाट सिकेर नयाँ सुरुवात गर्न चाहने बताइन । उनले सर्वसाधारणलाई यसमा सहयोग गर्न नसके पनि बाधा नपुर्याइ दिन भन्दै आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =