काठमाडौं महानगरले यसरी मनायो सहिद दिवस (तस्बिरहरु)

२०८१ माघ १६ गते

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको हो ।
काठमाडौं महानगरपालिकाले पनि विविध कार्यक्रम गरी दिवस मनाएको छ । महानगरले शान्ति बाटिकाबाट र्याली निकालेर सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेको छ ।
सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
तस्बिरहरु :-

२०८१ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित