पाथीभरा केबलकार निर्माणको विरोधमा काठमाडौँमा धर्ना (तस्बिरहरू)

काठमाडौँ । पाथीभरा केबलकार निर्माणको विषयमा थप विवाद चर्किएको छ ।
स्थानीयले पाथीभरामा केबलकार निर्माण नगर्न भन्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।
उनीहरूले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावलाई खलल पुग्ने भएकाले पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका छन् ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी सङ्घर्ष समितिले विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत, आज सोमबार काठमाडौंमा पनि धर्ना दिइएको छ ।
स्थानीयहरू र सङ्घर्षरत संस्था र विभिन्न राजनीतिक दलहरूले काठमाडौँको कमलादीमा धर्ना दिएका हुन् ।

मानवअधिकार हनन गरि मुक्कुमलुङमा केबलकार बनाउन नहुने भन्दै उनीहरूले धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा उनीहरूले आइएमई ग्रूरुपका अध्यक्ष चन्द ढकालको समेत विरोध गरेका थिए । उनीहरूले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैँकमा खोलिएका सबै खाता बन्द गर्न पनि आग्रह गरेका छन् ।

उनीहरूले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी र काठमाडौं लगायतका ग्लोबल आइएमई बैँक बन्द गर्न पनि माग गरेका छन् ।









