फर्निचर उद्योगमा आगलागी हुँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

काठमाडौं । धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित फर्निचर उद्योगमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ। श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा काठमाडौं शंखरापुर नगरपालिका–१ नाङलेभारेकी ७० वर्षीया टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षीय तोयानाथ दङ्गाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । तोयानाथ फर्निचरका कामदार हुन् ।

प्रहरीका अनुसार शुक्रबार बेलुका नौ बजे आगलागी भएकोमा बिहान पौने २ बजे नियन्त्रणमा आएको हो । पाँच वटा दमकलको मद्दतमा सुरक्षा निकायले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीमा ९० लाख रुपैयाँ बराबरको क्षति भएको काभ्रेका डिएसपी मीनबहादुर घलेले बताए । फर्निचरसँगै रहेको एक घर र टहरा पनि जलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =