टोलटोलमा सडक कालो पत्र गर्दै बर्दिबास नगरपालिका

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्छन् ।

१२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो ।

बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेट मात्रै लाग्न थालेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालो पत्र गरेपछि स्थानीयवासी लाई गाउँ सहर गर्न सजिलो भएको हो ।

बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालो पत्र गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।

नगरभित्रका सडकहरू वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताइन् ।

नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माई स्थान, किसान नगर, विजल पुरा जस्ता गाउँलाई कालो पत्र सडकसँग जोडेको छ ।

भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाइ भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

उनले सडक कालो पत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज भएको बताए । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =