केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौँ । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ ।

अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स–३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केही अवधिको लागी मात्र लागु हुनेछ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स–३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।

यसले सिंगल चार्जमा ३७० किलोमिटर (NEDC) सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाइ १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस रहेको कम्पनीले जनाएको छ ।

केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितिसँग, केई नेपालले भाटभटेनी नक्साल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिर्तामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ । थप जानकारीका लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *