‘मुक्कुम्लुङ’ नाटक : आधुनिकताले ल्याएको संकट र अस्तित्व जोगाउन गरिएको प्रयास (तस्विरहरु)

काठमाडौं । थापागाउँ नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा माघ ४ गते देखि ‘मुक्कुम्लुङ’ चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन भइरहेको छ ।
याक्थुङ (लिम्बू) समुदायको सांस्कृतिक धरोहर र इतिहासलाई झल्काएको नाटक ‘मुक्कुम्लुङ’ युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेका हुन् । आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाई नाटकमा प्रस्तुत गरिएको छ ।
पृथ्वीको पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण र आन्दोलनसम्मका घटना क्रमलाई समेटिएको छ ।
अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारुलगायत कलाकारको अभिनय रहेको छ ।
नाटक ‘मुक्कुम्लुङ’ यही माघ २७ गतेसम्म सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिवार दिउँसो १ बजे मञ्चन हुनेछ ।