टर्कीको एक रिसोर्ट आगलागी हुँदा ७६ को मृत्यु, ९ जना पक्राउ

काठमाडौं । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । आगलागीमा ५० बढी घाइते भएका छन् । टर्कीको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो । केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ । रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो ।

विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन् । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ ।

होटलमा करिब २३४ जना पाहुना बसेको थिए । टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *