मैले एमाले छाडेको छैन : वडाध्यक्ष उपाध्याय

काठमाडौं । नेकपा एमाले अछामका सदस्य तथा रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनका वडाध्यक्ष तर्कराज उपाध्यायले आफूले एमाले परित्याग नगरेको बताएका छन् ।

आज बिहान एमाले परित्याग गरि डा.भीम रावलको मातृभूमि जागरण अभियानमा प्रवेश गरेको भनी आएको समाचारको खण्डन गर्दै वडाध्यक्ष उपाध्यायले आफूले एमाले नछाडेको बताएका छन् ।

उनले आफ्नो मान मर्यादा गरेको बताउँदै उनले आफू एमालेको सिद्धान्त र नीति निर्णयमा अडिग रहेको बताएका छन् ।

उनले आफू एक महिनादेखि काठमाडौँमा उपचार गराइरहेको बताउँदै आफू विरुद्ध भ्रम फैलाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =