राजु अर्याल र अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘बाज’ सार्वजनिक

काठमाडौं । राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत ‘बाज’ सार्वजनिक भएको छ । कमल भक्त युट्युव च्यानलमा शनिबार उक्त गीत सार्वजनिक भएको हो । गीतमा बसन्त बिश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको छ ।

गीतको भिडिओमा कमल भक्त र वर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पिडा भिडिओमा देखाइएको छ ।

भिडिओमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको पनि अभिनय रहेको छ । भिडिओको कथा र निर्देशन कमल भक्तले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *