लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी नेकपाको प्रदर्शन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता/कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत–चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको बिरुद्ध बिरोध ¥याली निकालेका हुन् ।

उनीहरुले ¥यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =