श्री एयरलायन्ससँग रिसाइन गायिका समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सले गरेको लापरबाहीले आफ्नो कार्यक्रम छुटाउनुपरेको गुनासो गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एयरलाइन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको बताएकी छन् । उनले आइतबार बिहान ८ बजेको प्लेन १ बजेसम्म उडान नभएको बताएकी छिन् ।

केही दिनअघि सोही एयरलायन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको उनले गुनासो गरेकी छन् ।

‘केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानै देखी काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन । यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *