थाईल्यान्डमा नेटा नम्बर वान

काठमाडौं । चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने कम्पनीको अनुमान रहेको छ ।

नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रुपमा बढ्दै गैरहेको छ ।

नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्री पछिको बजार र सुविधालाई विशेष ध्यानमा राख्दै आएको कम्पनीले बताएका छन् ।

नेपालका लागि नेटा ब्राण्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।

Neta V क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प रहेको छ । यसको 40.7 kW ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि 50 kW मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । 120 Nm टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। Neta V छिटो २० मिनेटको चार्जमा ३० प्रतिशत बाट ८० प्रतिशत सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८०+ किमि दायरा छ र यो CATL का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारंटी छ।

NETA X एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ । CATL का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित NETA X ले पनि ८ वर्ष वा १,८०,००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी कम्पनीले दिएको छ । यी सुविधाहरूले NETA X लाई एक बहुपरकारी र पर्यावरणमैत्री SUV को रूपमा आकर्षक विकल्प बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *