टेक्नो फ्यान्टम भी फोल्ड २ ५G फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

काठमाडौं । ‘बोर्न टु डोमिनेट’ भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड २ ५G, नेपाली बजारमा सार्वजनिक गरेको छ ।
फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ ।
यसको मुख्य विशेषता दुई वटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ । खोलिएको अवस्थामा ७.८५ इन्चको 2K+ AMOLED स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि ६.४२ इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।

Mediatek Dimensity 9000+ 5G चिपसेटद्वारा संचालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्छ । यसमा रहेको 50MP मुख्य क्यामेरा, अल्ट्रा–वाइड र टेलीफोटो लेन्सको संयोजनले प्रत्येक क्षणलाई आश्चर्यजनक विवरणसहित कैद गर्न सक्षम बनाउँछ । साथै, ४००,००० पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ ।
5750mAh क्षमताको ब्याट्री र 70W फास्ट चार्जिङले यो फोनलाई व्यस्त जीवनशैलीका लागि उपयुक्त बनाएको छ ।15W वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।
टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको छ ।
किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुनेछ । नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पु¥याउने आशा गरिएको छ ।








