राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय रहेको पाएको र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गरे । उनले आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उल्लेख गरे ।

उनले भने ‘काम कारबाही हेर्दाखेरि गुणस्तरीय नै छ र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना हो । आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी अघि बढाउने गरी हामी हरेक हप्ता निर्माण कार्यको मूल्याङ्कन गर्ने र समीक्षा गरेर अघि बढिरहेका छौँ ।’

संघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।   

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =